उपेन्द्र यादव आज फिलिपिन्स जाँदै

आइतबार, साउन १३, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स भ्रमणमा जाने भएका छन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटीको बैठकमा सहभागि हुन अध्यक्ष यादव आज राति ११:३० बजे फिलिपिन्स जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । भ्रमणमा अध्यक्ष यादवसँगै पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा पनि जाँदैछन्। अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेछन् । जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य रहेको  छ । अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार