विश्वप्रकाश शर्मा भन्छन्, ‘भ्रष्टाचारमा सामेल सबै कांग्रेसलाई कारवाही हुनुपर्छ’

आइतबार, साउन १३, २०८१

काठमाडौंं । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले कांग्रेसकाजति पनि भ्रष्टाचारमा सामेल छन् सबैलाई कारवाही गनुपर्ने बताएका हुन् ।  
उनले भने, ‘आशंका गरिएका दुईवटा फाइलहरू छन् । एउटा नक्कली भुटानी शरणार्थी प्रकरण र अर्को गिरिबन्धु जग्गा प्रकरण । गरिमामय  संसदमा उभिएर म कसैलाई  दोषी ठह¥्याउन चाँहदिन र  कसैलाई  निर्दोष करार गर्न  पनि चाहन्न । केवल यति मात्र भन्न चाहन्छु देशको मुहार फेर्न संकल्प लिएर खुलेका दलहरू हुन् कांग्रेस र एमाले । यी दलहरूले  सरकारको  नेतृत्व  गरिरहेको बेला  प्रधानमन्त्रीकै  शब्दलाई  सापट  लिएर  भन्न चाहन्छु–इमान्दार  भएर सबैको  अनुसन्धान हुनुपर्छ, । अनुसन्धानले  हामी आफैंमाथि  प्रश्न  खडा हुन सक्छ । त्यसका लागि अनुसन्धानको  दायरामा उभिन तयार छौं । अरुमाथि अनुसन्धानको माग गर्न सजिलो हुन्छ तर गा¥हो हुन्छ आफूमाथि अनुसन्धान गर्दा । तर आज म यो जिम्मेवार संसदमा उभिएर गिरिबन्धु जग्गाको ७० प्रतिशत जग्गा कांग्रेसले बेचेर खाएको  हो भन्ने आरोप छ । तर यो प्रकरणमा कांग्रेसका को व्यक्ति हुन् हो छानबिनको दायरामा ल्याओस ।’

कांग्रेसमाथि लागेको आरोपमाथि छानबिन गर्न प्रधानमन्त्रीसँग आग्रह 

 

महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेट बारे कांग्रेसमाथि लागेको आरोप छानबिन गर्न आग्रह गरेका छन् ।  महामन्त्री शर्माले प्रधानमन्त्री ओलीले विगतमा गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको भनी अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले सो प्रकरणको छानबिन हुनुपर्ने माग गरेका हुन् । उनले भने,  ‘गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको हो भनी सिंगो कांग्रेसलाई नै बदनाम गर्नेगरी एउटा आरोप लागेको थियो । यो बेलामा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका ती को व्यक्ति हुन तिनले छुट पाउन हुँदैन । यो आरोपको छानविन गरियोस् । नक्कली भुटानी शरणार्थीको प्रकरणमा पनि त्यही हो, निर्दोष कोही फस्न हुँदैन, दोषी कोही उम्किन हुँदैन ।’ महामन्त्री शर्माले पुर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा फाइल नखोलेर हल्ला मात्र गरेको भन्दै आरोप लगाए । साथै शर्माले नयाँ गृहमन्त्रीलाई स्टन्ट नगरिकन, कसैको पक्षमा नलागी काम गर्न सुझाव दिए ।
साथै उनले सरकारले शोकमा दुई खालको व्यवहार गरेको टिप्पणी गरेका छन् । गत साउन ९ गते सौर्य एयर र गत २०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले फरक व्यवहार गरेको बताए ।  उनले हवाइ र विमान दुर्घटनापछिको शोकमा पनि सरकारले फरक व्यवहार गरेको उनको भनाइ छ । उनले आगामी दिनमा शोकमा सरकारले फरक व्यवहार नगरोस् भन्दै ध्यानाकार्षण गराए ।
‘सौर्य एयरको जहाज दुर्घटनाको भोलिपल्ट हामीले राष्ट्रिय झण्डा आधा झुकायौं । २०७९ माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । यसको भोलिपल्ट हामीले राष्ट्रिय शोकको घोषणा गर्यौं । एउटै प्रकृतिको दुर्घटना, तर शोकमा हामीले दुई खालको व्यवहार ग¥यौं । दुर्घटना र मृत्यु सबै दुःखद् हुन्छन्,’ उनले भने, ‘यसबीचमा चौतर्फी रुपमा ध्यानाकार्षण नागरिक पंक्तिबाट गराइएको छ । त्रिशुलीमा पनि बस खस्यो तर, न हामीले आधा झण्डा झुकायौं न कुनै शोकको घोषणा गर्यौं । म कामना गर्छु–आगामी दिनमा हवाइ होस्, या सडक होस्, यो प्रकृतिका दुर्घटनाहरू सुन्न नपरोस् । दुर्घटना भइहाल्यो भने राज्यले गर्ने व्यवहारमा एकरुपता कायम हुन सकोस् ।’

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार