संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै

सोमबार, साउन १४, २०८१

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धमा गठन गरिएकाे कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहान ८ बजे बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि रहेका असहमतिमा सैद्दान्तिक सहमति भएको बताइएको छ ।  कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपाची आज अन्तिम रुप दिन बैठक बस्न लागेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार