पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्ष स्थानमा

सोमबार, साउन १४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् । जसमा जापान ४ स्वर्ण, २ रजत र एक काश्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियाले ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ काश्य पदक जितेको छ भने आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ काश्य पदक जितेको छ । त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, एक रजत र एक काश्य पदक जितेको छ भने  चीनले ३ स्वर्ण, एक रजत र एक काश्य पदक जितेको छ ।  अहिलेसम्म इटाली, काजकिस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्बेकिस्तानले स्वर्ण पदक जितेका छन् ।  त्यस्तै ग्रेट ब्रिटेन, ब्राजिल, क्यानडा, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, स्विडेन, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको र दक्षिण अफ्रिकाले ओलम्पिक पदक जितेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार