निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानले फिर्ता लिए आफ्नो नाम

सोमबार, साउन १४, २०८१

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज ५ बजे बस्दै थियो । यस अघि बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो ।यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको थियो । तर समितिले निर्णय नगर्दै प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए । यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संबैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार