सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी ( ललितपुर) । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिरसहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारकै सन्दर्भ पारे आज ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकाेठीस्थित अति प्राचिन महादेवको मन्दिर भृङ्गारेश्वर महादेवको दर्शन तथा पूजाआजाका लागि पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् संघीय सांसद विमलेन्द्र निधि पत्नी अनामिका निधिसहित सुनाकोठी आए । उनलाई ललितपुर क्षेत्र नं १ का संघीय सांसद उदयशम्शेर राणा, नेपाली काँग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, नेपाली काँग्रेस ललितपुरका पूर्व जिल्ला सचिव रविन्स शर्मा, ललितपुर ३ नं क्षेत्रका क्षेत्रीय सभापति महेश्वर थापा, नेपाली काङ्ग्रेसका नेता प्रेम कृष्ण महर्जन, बिमल बिस्ट, महानगर २७ नं वडका पूर्ववडाअध्यक्ष बाबुराज महर्जनसहित सुनाकोठीका स्थानीय कांग्रेसी नेता–कार्यकर्ताले साथ दिएका थिए । मन्दिर परिसरमा पूर्वमन्त्री एवम् सांसद निधि तथा राणालाई श्री भृङगारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जन, उपाध्यक्ष बेली डङ्गोल तथा सचिव रामचन्द्र महर्जनसहित समितिका सदस्यले उनीहरूलाई स्वागत गरेका थिए । निधि र उनकी पत्नी अनामिका, सांसद राणा, काँग्रेस ललितपुरका सभापति श्रेष्ठसहितका नेताहरूले मन्दिरमा पूजा अर्चना गरेका थिए । गोपालराज वंशावलीअनुसार श्री भृङ्गारेश्वर महादेव पशुपतिनाथ भन्दा पनि पहिले प्रादुभार्व भएको महादेव मानिन्छ । मन्दिर परिसरमा संक्षित भजन कीर्तन श्रवण गरेपछि आयोजित एक अनौपचारिक समारोहमा श्री भृङ्गारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनले लिच्छवीकालीन समयमा श्री भृङ्गारेश्वर महादेवकै नामबाट श्री भृङ्गारग्रामको क्षेत्र पाञ्चालिकाको व्यवस्था भएको इतिहास रहेको जानकारी दिँदै यो महादेवको मन्दिरमा सबैभन्दा पहिला ब्रह्माले पूजा गरेको मन्दिर भएकोले पवित्र स्थल भएको बताए । श्री भृङ्गारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समितिका सचिव रामचन्द्र महर्जनले यो मन्दिर पहिलो प्यागोडा शैलीमा रहेको र विसं १९९० सालको भूकम्पपछि गुम्बा शैलमा निर्माण भएको जानकारी दिए । उनले मन्दिर पनु प्यागोडा शैलमा पुननिर्माणका लागि ललितपुर महानगरपालिकाबाट डिपिआर तयार भएसकेको जानकारी दिँदै मन्दिर पुनर्निणका लागि खर्च हुने करिब १२ करोड रुपैयाँ जुटाउन संघीय सांसदद्धयलाई आह्वान गरे । कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्दिर पुननिर्माणमा ललितपुरका नेतासहित स्थानीयवासीसँग आफू सँगै हिँड्ने प्रतिवद्धता जनाएका छन् ।