देशको आकार हेरेर बाघको संरक्षण र वृद्धि गर्न प्रधानमन्त्रीको सुझाव 

सोमबार, साउन १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आकार प्रकार हेरेर सिमाभित्र रहेर मात्र बाघको संरक्षण र वृद्धि गर्न सकिने बताएका छन् ।  सोमबार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको भवनमा आयोजना गरेको अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले दोव्वर गर्ने भनेको बाघको संख्या त्रिपल भएको भन्दै अब दुई पटक डबल ग¥यौं भने मान्छेले छोडेर हिड्नुपर्ने अवस्था आउँने बताए । 
उनले भने, ‘हामीले हाम्रो देशको आकार प्रकार हेर्नुपर्छ । साइज कत्रो छ । कति बाघ पाल्न सक्छौं हामी । त्यसैले दोव्वर गर्ने भनेको त्रिपल भयो । अब दुई पटक डबल ग¥यौं भने मान्छेले छोडेर हिड्नुपर्ने अवस्था आउँने छ । हामीले एउटा सिमाभित्र बाघको संरक्षण गर्नुपर्छ । र बाघको वृद्धि पनि एउटा सिमाभित्र मात्र गर्नु पर्छ ।’ उनले बाघको सङ्ख्या धेरै भएको नेपालले छिमेकी देशहरुलाई समेत बाघ उपहार दिनसक्ने बताएका छन् । नेपालले चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएकोमा भद्रको निधन भएकोमा अब त्यसको ठाउँमा अर्को उपहार दिने चाहाना व्यक्त गरे ।  उनले भने, ‘हामी बिभिन्न देशहरुलाई बाघ उपहार दिन सक्छौं । विभिन्न देशलाई गैडा उपहार दिएका छौं । चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएका थियौंै । मैले चीनका साथिहरुसँग भेट हुँदा भद्र र रुपसीको स्वास्थ्य अवस्था सोध्ने गर्थे तर दुर्भाग्य वस भद्रको निधन भयो अब त्यसको ठाउँमा अर्को उपहार दिनुपर्छ होला ।’

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार