वर्गीय कडि बलियो बनाउन जनतामा जाने माओवादीको निष्कर्ष

सोमबार, साउन १४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो वर्ग र जनतामा जाने निष्कर्ष निकालेको छ । विगत चार दिनदेखि बस्दै आएको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी सुद्धिकरण गर्ने र जनताको माझ जाने निचोडमा पुगेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । बैठक भने अझै भोलिसम्म जारी नै रहने छ । 
उनले भने, ‘पार्टी निमार्णमा सबैभन्दा पहिला पार्टी सुद्धिकरणमा जोड दिनुपर्यो, सुद्धिकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाउनु पर्छ र जनतामा जानु पर्यो । जनतामा पनि कहाँ भन्दा हाम्रो वर्गमा, अहिले हामी सबैको साझा निष्कर्ष के छ भन्दा पार्टी खुम्चिदै गएको छ, यसको पछाडीको मुख्य कारण हामीले हाम्रो वर्गसँगको सम्बन्ध राम्रो बनाउन सकेनौ । वर्गीय कडि टुटेको जस्तो, वर्गीय दृष्टिकोण पनि धमिलो भएको जस्तो देखिएको हुनाले यसबारेमा हाम्रो बढि छलफल भएको छ ।’  आजसम्म आईपुग्दा बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार