सोसल मिडिया
Contact Us
युनिकोड
ढोलाहिटी (ललितपुर) । ढोलाहिटीस्थित ललितपुर महानगरपालिका २६ नं. वडा कार्यालयमा चोरी भएको छ । वडाअध्यक्ष सुरेश महर्जनका अनुसार गए राति चोरी भएको हो । वडाअध्यक्ष महर्जनले सुरक्षाका लागि सिसी क्यामेरा जडान हुँदाहुँदै पनि चोरी भएको बताए । उनले भने ‘अब हामी सुरक्षा प्रबन्ध थप बलियो बनाउँछौं सुरक्षा गार्डको नै व्यवस्था गर्छौं ।’ चापागाउँ प्रहरी वृत्तका डिएसपी डिलबहादुर मल्लले चोरीको घटना जानकारी पाएपछि खोजी कार्यलाई तीव्र बनाएको बताए । उनले भने, ‘हामीले खोजी कार्यका लागि सम्पूर्ण संयन्त्र परिचालित गरेका छौं ।’ चोरीबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको छ ।