कोशीमा मन्त्री छान्न कांग्रेसभित्र सकस

मंगलबार, साउन १५, २०८१

विराटनगर । नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ । आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको छ । चार मन्त्री र २ राज्यमन्त्री भागमा पाएको कांग्रेसबाट प्रदेशसभामा रहेका २९ मध्ये पुर्व मुख्यमन्त्री उद्धव थापा र केदार कार्की बाहेक सबै सांसदले मन्त्री बन्ने आकांक्षा देखाएपछि काँग्रेसमा सकस बढेको हो । केन्द्रमा भने सभापति शेरबहादुर देउवाले आफु पक्षले २ शेखर कोइराला र कृष्ण सिटौला पक्षलाई एक एक मन्त्री दिने तयारी गरेको कांग्रेस वृतमा चर्चा छ । मुख्यमन्त्रीमा भने कांग्रेस र एमालेबीच केन्द्रको मोडलमै सहमति भएको छ । जस अनुसार केपी ओली प्रधानमन्त्री रहेसम्म कोशीको नेतृत्व एमालेले नै गर्ने छ भने शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसको मुख्यमन्त्री बन्ने छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार