बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

मंगलबार, साउन १५, २०८१

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । उनको विपक्षमा  भने ३५ मत प्राप्त भएको थियो। तीन सांसद तटस्थ बसेका थिए । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार