कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

मंगलबार, साउन १५, २०८१

काठमाडौ । कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ ।  एजेन्टले कुबेतमा ल्याएर ३-४ महिना देखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो । नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकिय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताए ।  उनले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भई रहेको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार