सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नवनिर्वाचित सभापति कुसुमदेवी थापाले सपथ ग्रहण गरेकी छन् । बुधबार सिंहदरबार स्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा सभामुखबाट थापाले सपथ ग्रहण गरेकी हुन् । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा निर्विरोध सभापति चयन भएकी हुन् । यसअघिका समिति सभापति डा.आरजु राणा परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि कृषि समितिको सभापति पद रिक्त रहेको थियो ।