सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी । समयमा नै ग्रावल उत्खनन् हुन् नसक्दा पूर्व-पश्मि राजमार्गअन्तर्गत बेलागाछी पुल बाढीका कारण क्षतिग्रस्त भएको छ । गयराति आएको अविरल बर्षाका कारण क्षतिग्रस्त भएको उक्त पूलबाट आवतजावत गर्न कठिनायी भएपछि ठूला मालवाहक गाडी र यात्रुवाहक बस सडकमा नै रोकेर राखिएको छ । बर्दिवास बजारबाट ७ किलोमिटर पश्मिमा रहेको उक्त पूल बाढीले बीच भागबाट क्षति पुर्याएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार अहिले हलुका गाडी र मोटरसाइकललाई स्काभेटरको माध्यमले ओहोरदोहोर गराइएको छ भने ठूला गाडी र यात्रुवाहक बसलाई बैकल्पित सडक बनाएर राजमार्गमा रहेको जाम केही समयमा नै खोलिने छ । बाढीले ल्याएको ग्रावल पूलसम्म नै आईपुग्दा क्षति पुगेको स्थानीयले बताए ।
'हामीले पूलसम्म आईपुगेको ग्रावल उत्त्खनन गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थियौं तर यसमा कुनै चासो नदेखाएपछि आज यो क्षति भयो', स्थानीय युवा शैलेशमणि दाहालले भने, 'विपद् अवस्थालाई मध्यनजर गरेर ग्रावल उत्त्खननमा जोड नदिए अन्य धेरै ठाँउका पुल जोखिममा छन् ।' अहिले काठमाण्डौ, हेटौडा, बिरगंजलगायतका ठाँउहरुमा जाने सवारीसाधन बीच बाटो नै रोकिएका छन् । तर यात्रुहरुको मार्कालाई मध्यनजर गर्दै बैकल्पित सडकको माध्यमवाट आवतजावतमा सहजीकरण काम भईरहेको इलाका प्रहरी कार्य वार्दिवासका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए ।