यस्तो छ आजको मौसम पूर्वानुमान

बिहीबार, साउन १७, २०८१

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली साथै बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ ।सुदुरपश्चिम प्रदेशको स्थानहरु साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा  मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार