पुष्पलालको विचारबाट म प्रभावित भएको हुँ : माधव नेपाल

बिहीबार, साउन १७, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट  आफू प्रभावित भएको बताएका छन् । बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले  सबै  योद्दाहरुलाई  सम्झिनुपर्ने  बताएका हुन् । उनले  भने,  ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको  विचारबाट  म प्रभावित हुँ, २०२६ सालमा उहाँले  सञ्चालन गर्नुभएको  पार्टीको  सदस्य, र  अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको  नाताले सबैलाई  धन्यवाद दिन चाहन्छु । ’साथै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले  ठुलो  खुसी दिएको  बताए । उनले  गरिब जनताको  लागि हासो ल्याउने  संघर्ष  नै  उनको  रहेको बताए । उनले  भने, ‘मुलुकलाई  एउटा समृद्धि र  विकास बनाउनको  लागि पुष्पलालहरुले गरेको संर्घषको वर्णन गर्नै  सकिन्न ।  उहाँहरुले  देखाएको  बाटो  गरिब जनताको नाममा लिएको  हासो  र खुसी सम्झन लायक छ । ’ 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार