शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबार, साउन १८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर रहँदा बेलायती पाउण्ड र युरोको विनिमय दर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार