आन्तरिक रोजगारी बढाउने सरकारको योजना छ : मन्त्री भण्डारी

शुक्रबार, साउन १८, २०८१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको बताएका छन् ।  बिहिबार श्रम मन्त्रालयमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारी बढाएर वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको भन्दै विश्व बैंकलाई सहयोगको लागि अनुरोध गरेका हुन् ।  यस्तै, उनले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण गर्दै जब हब को रुपमा विकास गर्ने पनि बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार