सोसल मिडिया
Contact Us
युनिकोड
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । आज बैठकमा उनले विश्वासको मत लिने कार्यसूची थियो । तर, उनले विश्वासको मतको प्रस्ताव पेश नै नगरेर राजीनामा दिएका हुन् । उनी ०८१ वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए । उनी एमाले र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएसँगै असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।