काठमाडौँको सिनामंगलको एक गेष्ट हाउसमा पुरुष र महिला मृत फेला

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन् । शुक्रबार सिनामंगल स्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार मध्याह्न १२ बजे खाना खान सोध्न जादा ढोका नखोलेपछि अपराह्न १ बजेतिर प्रहरीलाई खबर गरिएको र घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए । मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार