मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौ- कमल थापा

शुक्रबार, साउन १८, २०८१

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, बिकृतीको अन्त्यको निमित्त देशले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन् । 'भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन,आर्थिक मन्दी लगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन' थापाले भने । अहिलेको ब्यबस्था असफल साबित भैसकेको अब बिकल्प खोज्नुपर्नेमा उनको जोड थियो ।  मुलुकलाई सहि दिशा दिनको लागि आन्दोलनको बिकल्प नभएको भन्दै थापाले बलियो संगठन निर्माण गरेर आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरे । देशब्यापी संगठन सुदृढीकरण अभियान संचालन आजको प्रमुख आबश्यकत भएको चर्चा गर्दै थापाले महाधिवेशनको मितिलाई मध्यनजर गरेर इकाई अधिबेशनको काम सम्पन्न गर्नुपर्ने समेत बताए । कार्यक्रममा डा. बिष्णु भण्डारी, राजाराम बर्तौला "चुनेली" श्याम घिमिरे, देबेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार