विधुत पटकपटक अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

शनिबार, साउन १९, २०८१

महोत्तरी । महोत्तरीमा बिधुत प्राधिकरणले पटकपटक लाईन काटेपछि  आन्दोलित भएका छन् । पटकपटक लाईन काटने र लाईन दिएपनि कम भोल्टेज दिँदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पूर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन् । स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिधुत प्राधिकरणले नियतवस लाईन अवरुद्ध बनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले बताए । व्यापारीहरुले शनिवार यो विषयमा उधोग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन् । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणवद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले वताए । व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको वताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यस्को सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्वता जनाएका छन । यता विधुत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विधुत अवरुद्ध भएको वताए । `नियतवस: हामिले लाईन काटेका हैनौ । ढल्केवर प्रशारण लाईनवाट पुर्णरुपमा बिस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौ ।´ प्रमुख झाले भने । `हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भिर छौ ।´ बिधुत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उन्ले प्रष्ट वनाए ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार