एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा केन्द्रित छन् : मन्त्री भण्डारी

शनिबार, साउन १९, २०८१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहकारी क्षेत्रभित्र रहेका समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले नेपालको जनसंख्याको हिसावले एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा रहको बताएका हुन् । 
उनले  भने, ‘यतिबेला राष्ट्रिय  रुपमै  सहकारी भित्र एक खालका प्रश्नहरु छन्, जे खालका समस्याहरु छन् ति समस्याहरुलाई सरकारले सम्बोधन गर्नुपर्नेछ । नेपालको जनसंख्याको एक तिहाइ सहकारी आन्दोलनसँग प्रत्यक्ष रुपमा सहभागि हुनुहुन्छ, राज्यले ,संविधानले सहकारी क्षेत्रलाई, सहकारी आन्दोलनलाई अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्साको रुपमा, महत्वपूर्ण क्षेत्रको रुपमा परिभाषित गरेको छ । यसलाई तीन खम्बे अर्थनीतिभित्र एउटा विशेष खालको राज्यले परिभाषित गरेको छ ।’
साथै उनले आमजनता र व्यवसायीहरुले आफ्नो गाँस काटेर सहकारीमा जम्मा गरेको  पैसाको मात्र हिस्सा खोजेको बताए । उनले उत्पादनको केही लगानीको  क्षेत्र सहकारी हो भनेर जम्मा गरेको पूँजी उत्पादन क्षेत्रमा नलागेको दाबी गरे। 
उनले  भने, ‘आमजनताले, व्यवसायीहरुले खासगरी आधारभूत तहका जनताहरुले गाँस काटेर आफ्नो बचतलाई सहकारीमा आफ्नो हिस्सा खोज्नुभएको थियो । उहाँहरुले उत्पादनको केही लगानीको क्षेत्र सहकारी हो, सहकारीमार्फत उत्पादनसँग, उद्योगसँग, व्यवसायसँग यसको आकारलाई विस्तार गर्न  सकिन्छ । सिंगो  सहकारीको आकारलाई व्यवस्थित गर्न सकिन्छ भन्ने विश्वासका साथमा सहकारीलाई त्यो अर्थमा लिइएको छ । तर पछिल्लो पटक सहकारी क्षेत्रको पूँजी जुन रुपमा उत्पादन क्षेत्रमा लागनुपर्ने हो । उद्यमशिलतामा पूँजीलाई केन्द्रित गर्नुपर्ने हो त्यो हुन सकेन ।’

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार