मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलताकायमै रहन्छ : गभर्नर

आइतबार, साउन २०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । 
राजधानीमा आइतबार आयोजित चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिकनीतिमाथि नीजि क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नीजि क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी ल्याइएको यस नीतिलाई सबैले अनुशरण नगरे शिथिलताकायमै रहने बताए । 
उनले भने, ‘राष्ट्र बैंकले मौद्रिकनीति ल्याइरहँदाखेरि अर्थतन्त्रका हिसाबले हामी कहाँ छौँ ? नेपालका अर्थतन्त्रका विभिन्न क्षेहरुको अवस्था कस्तो छ ?त्यसलाई आधार मानेर हामी के गर्न सक्छौं ?आधारभूत आवश्यकता के हो ? यसको आधारमा नीति ल्याएका छौं । अब यसले कसरी काम गर्छ भन्ने कुरामा भर पर्छ । राज्य र नीजिक्षेत्रको तर्र्फबाट आफ्नो ठाउँमा काम गरिएन र बहानाबाजीमात्रै गरियो भने यो शिथिलता कायम हुने डर हुन्छ । व्यापारमा उत्साह ल्याउनका लागि गरिएको यस अभ्यासलाई सबैले अनुशरण गर्नुपर्छ, चाहे राज्यसत्तामा बस्नेहरू होस्, चाहे नीजि क्षेत्रमाकाम गरिरहने साथीहरु नै किन नहोस् ।’
उनले केही ठाउँहरुमा केही क्षेत्रहरु नसमेटिएको भन्ने गुनासो समेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समानव्यवहार गरेको बताए ।  नीजिक्षेत्रलाई स्वतन्त्रता दिइएको भएपनि आर्थिक अस्थिरता पैदा हुनेगरी काम गर्न नदिने उनको गभर्नर अधिकारीको भनाइ छ । 
‘आर्थिक अस्थिरता हुनेगरी काम गर्न दिँदैनौं । त्यसमा एकदमै सजक छौं । मौद्रिक नीतिले नीजिक्षेत्रको कुनै पनि आर्थिक क्रियाकलापमा असर पर्ला भनेर डराउनु पर्दैन । मौद्रिकनीतिले समग्रमा निर्माणमा सहयोग पुग्छ भन्ने आशा लिएका छौं,’ उनले भने । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार