सोसल मिडिया
Contact Us
युनिकोड
गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशमा आइतबार नयाँ सरकार गठन हुँदै छ । गत शुक्रबार नेकपा एकिकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । गत असार १७ गते संघमा संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमनलेले सत्ता सहकार्य गर्ने निर्णय गरेसँगै सोडारी अल्पमतमा परेका थिए । कांग्रेस–एमालेबीच सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमतिअनुसार नेपाली कांग्रेसले आज दाबी पेस गरि सकेको छ । कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका छन् । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । आज साँझसम्म यीदुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने शूत्रले जनाएको छ ।
मुख्यमन्त्रीका लागि कांग्रेसभित्र हानथाप चलेको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा र बहादुर सिंह थापाले अआफ्नो दाबी प्रस्तुत गरेका थिए । यद्धपी, सभापति देउवाले शाहलाई समर्थन गर्न निर्देशन दिएअनुसार देउवा र थापाले समेत शाहलाई समर्थन गरेका छन् । नेपाली कांग्रेसले सरकारमा दाबी पेश गर्न बिहान ११ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको थियो । उक्त बैठकमा मुख्यमन्त्री को बन्ने र नवगठित सरकारमा सहभागिहुने मन्त्रीहरुको समेत टुंगो लगाउने बताइएको छ । यता एमालेले सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्न बाँकी छ । त्यसैगरी अन्तिम समयमानागरिक उन्मुक्रि पार्टी समेत सरकारमा सहभागी हुने बताइएको छ ।
अस्थिर सुदूरपश्चिमको चौथो सरकार वि.स. २०७४ सालको निर्वाचनपछि नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टले पुरै कार्यकाल मुख्यमन्त्री चलाएका थिए । तर अहिले २०७९ को निर्वाचनपछि दुई वर्षको अवधीमा योसहित चार सरकार गठन भइसके । २०७९ पौष २७ गते एमाले, माओवादी, नागरिक उन्मुक्तिको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए । रावल सरकार एक महिनाभन्दा बढी टिक्न सकेन । उनले विश्वासको मत नपाएपछि सरकार ढल्यो । त्यसपछि ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री बने । यताकेन्द्रमा फेरी राजनीतिक फेरियो । कांग्रेस बाहिरिएर एमाले भित्रिँदा यता प्रदेशका काँग्रेसका मुख्यमन्त्री पद जोखिममा परेको थियो । एमाले माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि पनि एक महिना सम्म सरकार जोगाउने उनले ठुलै कसरत गरे । नेपालका लागि संघीयता कार्यान्वयनको पाटो कति कमजोर बनेको छ भन्न सुदूरपश्चिम हेरे पुग्ने संविधानका जानकारहरु बताउने गरेका छन् । यता प्रदेश खारेजीको मुद्दा उठाउँदै आएका राजनीतिक दललाई समेत सुदूरपश्चिमको राजनीतिक अस्थिरताले अझ बल पुगेको छ ।