काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल ३-२ ले पराजित

सोमबार, साउन २१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार बेहोरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा इरानले नेपाललाई ३-२ को नतिजामा हरायो । लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई माथ दिँदै इरान ७ अंकसाथ शीर्ष स्थानमा उक्लिएको छ । नेपालले इरानविरूद्ध सुरूवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर बन्यो । इरानले १६-१० को अग्रता बनायो र नेपालले कुनै पनि समय कमब्याक गर्न सकेन । नेपाललले पहिलो सेट १६-२५ ले गुमायो । तर दोस्रो सेटमा नेपालले सानदार सुरूवात गर्दै ७-० को अग्रता बनायो । यही अग्रतालाई निरन्तरता दिँदै दोस्रो सेट २५-१६ ले जित्दै खेललाई १-१ को बराबरीमा पुर्‍यायो । तेस्रो सेटको सुरूवातमा नेपालले ७-२ को अग्रता बनाए पनि यो अग्रतालाई निरन्तरता दिन सकेन । इरानले ९-९ को बराबरीमा पुर्‍याएपछि यो सेट प्रतिस्पर्धात्मक बन्यो । जहाँ इरानले तेस्रो सेट २५-२३ ले जित्यो र खेल २-१ को अग्रता बनायो। चौथो सेटमा नेपाल सम्हाल्ने प्रयासमा थियो। ११-८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो ।

सहजै चौथो सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्दा खेल दुई दुईको बराबरीमा पुग्यो। खेलको निर्णय पाँचौ सेटबाट भयो । पाँचौ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो । युवा टोली भएपनि इरानले देखाएको आत्मविश्वासी प्रदर्शन तारिफयोग्य रहयो । सानदार डिफेन्समा इरानले पाँचौ सेट १५-१३ ले जित्दै नेपाललाई हराउन सफल भयो। इरानले ४ खेलबाट ७ अंक बनाउँदा नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंक बिहिन छ ।‌ हिजाे भएको पहिलो खेलमा माल्दिभ्स श्रीलंकासँग हारेसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो । नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनल प्रतिद्धन्द्धी भने लिग चरणका खेल सकिएपछि मात्र तय हुनेछ । लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । लिग चरणको अन्तिम दुई खेल सोमवार हुनेछ।‌ जहाँ श्रीलंका र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार