सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज अमेरिकी डलरको विनिमय रेकर्ड मूल्यमा नै स्थिर रहेको छ । शनिबार अमेरिकी डलरको बिक्री दर हालसम्मकै उच्च १३४.३१ रुपैयाँ पुगेको थियो । अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउण्डको विनिमय दर बढेको छ । युरोको बिक्री दर आज १४६.५२ रुपैयाँ र पाउण्डको १७१.९१ रुपैयाँ छ । यस्तै आज अष्ट्रेलियन डलरको दर घटेर ८७.४४ रुपैयाँ तय हुँदा क्यानेडियन डलरको बिक्री दर बढेर ९६.८१ रुपैयाँ छ । सिंगापुर डलरको विनिमय दर घटेर आज १०१.२३ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोके अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।