अल्कारेजलाई हराउदै जोकोभिचले जिते पेरिस ओलम्पिकमा स्वर्ण

सोमबार, साउन २१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले २०२४ पेरिस ओलम्पिकमा पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । उनले स्पेनका कार्लोस अल्कारेजलाई हराएर विम्बल्डन २०२४ मा आफ्नो हारको बदला लिएका छन् । रोमाञ्चक खेलमा जोकोभिचले अल्कारेजलाई ७-६ (७-३), ७-६(७-२) ले हराएका थिए ।  यो जितसँगै जोकोभिचले आफ्नो करियरमा पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । त्यस्तै अल्कारेजले पहिलो ओलम्पिक पदक रजत पदक जितेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार