मनत  केसीलाई  खुकरी प्रहार गर्ने तीनजना पक्राउ

सोमबार, साउन २१, २०८१

काठमाडौं । धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई प्रकाउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुली  फिक्कल  गाउँपालिका वडा नं  ३ घर  भइ  हाल  काठमाडौं  महानगरपालिका  २१  आलोकनगर  बस्ने  १८  वर्षीय  अनिष मगर,  दैलेख महावु  गाउँपालिका  वडा नं  ४ घर भइ हाल काठमाडौं महानगरपालिका २१  आलोकनगर नै बस्ने २६ का कुमार  पण्डित र  दार्चुला बाँज  घर  भइ  हाल  कागेश्वरी मनोहरा नगरपालिका  ९  गोठाटार  हात्तिडाँडा बस्ने १९ वर्षीय प्रेम सिंह महरालाई प्रकाउ  गरेको  हो । आइतबार  (हिजो) काठमाडौं  महानगरपालिका  वडा नं  ३१  आलोकनगरस्थित सौराहा होटल नजिक  सडक खण्डमा कैलाली घर भएका २२ वर्षीय मनत  केसीलाई  धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । प्रकाउ परेकाहरुको साथबाट एक थान खुकुरी  र  मोवाइल दुई थान फेला परेको प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार