शेयर मूल्य कृतिम रुपमा बढाइयो, निगरानी होस् : सांसद अमरेशकुमार सिंह

सोमबार, साउन २१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले शेयरको मूल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मूल्य कृतिम रुपमा बढाइएको बताउँदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संसद बैठकमा बिना आधारमा कम्पनीका शेयर मूल्य बढिरहेको उदाहरण दिँदै आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्न माग गरेका छन् ।  उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनिको मूल्य अहिले तिन चार गुणासम्म बढेको बताउँदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार