बंगलादेशमा प्रदर्शनकारीले लुटे प्रधानमन्त्री निवास

सोमबार, साउन २१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । बंगलादेशमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा तोडफोड गरेर लुटपाट गरेका छन् । बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लागेका थिए । स्थानीय समाचार च्यानलमा देखाइएको तस्विरमा प्रधानमन्त्री निवासबाट सोफा, कुर्सी बोकेर मानिसहरु बाहिर निस्किदै गरेको देख्न सकिन्छ । बंगलादेशमा गत महिनादेखि विद्यार्थीहरू आन्दोलनमा थिए, उनीहरूको पहिलो माग सरकारी जागिरमा आरक्षण खारेज गर्ने थियो । पछि उनले प्रधानमन्त्री पदबाट शेख हसिनाको राजीनामा माग गरेका थिए । प्रदर्शन चर्किएपछि हसिनाले राजीनामा दिएर देश छोडेकी छन् । उनी हेलिकप्टरबाट देश छोड्दै भारतको अगरतला शहर पुगेकी छन् ।  प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वकार उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका थिए । उनले देशमा अब अन्तरिम सरकार गठन हुने समेत बताएका छन् । उनले सेना र पुलिसलाई गोली नचलाउन आदेश दिएका छन् ।

केही प्रदर्शनकारीले लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा गरेर छाडिन देश

विद्यार्थी आन्दोलनले उग्ररुप लिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छाडेकी छन् । बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएकी हुन् ।  सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए । मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनी आफ्नी बहिनीलाई साथमा लिएर देश छोडेको बिबिसीले उल्लेख गरेको छ ।
आइतबार भएको प्रदर्शनमा सयभन्दा बढीको मृत्यु भएपछि बंगलादेशमा प्रदर्शनले उग्र रुप लिएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार