सोसल मिडिया
Contact Us
युनिकोड
झापा । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी विर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-६ घर भएका ३४ वर्षीय मधुकर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा सुनसरी इटहरी एरियाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१ भाँसी प्रगती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-१ बाह्रकुण्डा बस्ने ४४ वर्षीय सुवास बिष्ट र बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय हर्केस धानुक रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।