सरकार देशमा अटोक्रेसी चलाउन खोजिरहेको छ : सापकोटा

सोमबार, साउन २१, २०८१

काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा अटोक्रेसी चलाउन खोजिरहेको आशंका व्यक्त गरेका छन् ।  प्रतिनिधिसभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकरले नियम उल्लंघन गरेर नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट दुईजना सदस्य बर्खास्त गरेकोप्रति आपत्ति जनाए । उनले भने, ‘सरकार पछिल्ला घटनाक्रमहरू हेर्दा नेपाल विद्यतु प्राधिरणको दुईजना सदस्यहरूको बर्खास्तीसम्म पुग्दाको अवस्था हेर्दा कपिल आचार्य र भक्तबहादुर पुनलाई नियम उल्लंघन गर्दै बर्खास्ती गरिएको छ । यो घटनाको जोडदार ढंगले खण्डन गर्न चाहन्छु । सरकार देशमा अटोक्रेसी चलाउन खोजिरहेको आशंका लाग्छ ।’ उनले सार्वजनिक लेखा समितिका सभापतिले निर्णयलाई लत्याएर उल्टयाउने उद्देश्यकासाथ अनैतिक रुपमा होटलमा बसेर छलफल गरिरहेको आरोप लगाए । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार