सोविता गौतमले भनिन्, ‘नसामा लठ्ठ युवाले मलाई घेरे’

सोमबार, साउन २१, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफूमाथि दुव्र्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाहीको माग गरेकी छिन् ।  प्रतिनिसभाको सोमबार बसेको बैठकको शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरूको समूहले आफूमाथि दुव्र्यवहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन् ।  ‘म बढी पहिरोको अवलोकनका लागि मेरो निर्वाचन क्षेत्र काठमाडौँ–२ को कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा गएको थिए । अवलोकन गरेर फर्केर आउँदा चिया पसलमा १५–१० जना युवाहरू जम्मा हुनुभएको रहेछ । ति युवाहरू नसामा लठ्ठ हुनुहुन्थ्यो’, उनले भनिन्, ‘एकाएक मलाई घेर्न थाल्नुभयो । बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर प्रश्न गर्न थाल्नुभयो । चक्रव्यूहजस्तो रचियो । जथाभाबी चर्को स्वरमा मुख छाड्न थाल्नुभयो । पार्टीगत रुपमा आक्षेप लगाउने काम भयो । एक किसिमले दुव्र्यवहार गर्ने शैलीले उहाँहरु उत्रिनुभएको थियो ।’

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार