हाप्किडोमा नेपाललाई २ रजत र २ कास्य पदक

सोमबार, साउन २१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा  नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेका छन् । त्यसै गरी राजेन्द्र तामाङ र ईमा थापाले काश्य पदक जितेका छन् । महिला माईनस –३८ केजी तौलमा स्वर्ण पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई काश्य पदक प्राप्त गरिन । राजेन्द्र तामाङले–६८ केजी तौलको सेमिफाइनलमा लावोस र ईमा थापा–४७ केजी तौलको कम्बोडिया खेलाडीसंग पराजित भई काश्य पदक प्राप्त गरे । यस्तै चन्द्रबहादुर बोहोराले काश्य पदक जितेका थिए ।  नेपालले २ रजत २ काश्य गरी जम्मा ४ पदक  ल्याएको छ । च्याम्पियनसिप यहि साउन १७ गते देखि २० गते सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार