सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मधेशी आयोगलेले नेपाल प्रहरी प्रधान कार्यालय र ईलाका प्रशासन कार्यालय, लहानलाई कुन आधारमा गैर–मधेशी समुदायको व्यक्तिलाई मधेशी भनी प्रमणित गरेर मधेशी कोटामा राखेर नियुक्ति सिफारिस गरेको सम्बन्धमा प्रश्न सोधेको छ । आयोगले प्रहरी प्रधान कार्यलाय र ईलाका प्रशासन कार्यलायलाई सोमबार एक पत्र पठाउँदै सिरहा जिल्ला साविक विष्णुपुर कट्टी गा.वि.स. हाल धनगढीमाई नगरपालिका–१३ का स्थायी वासिन्दा ईश्वर अधिकारी गैर–मधेशी समुदायको भए पनि मधेशी कोटामा २०८१ मा प्रहरी निरीक्षकको लागि सिफारिस भएको घटना प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पत्रमा आयोगले “मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८” प्रकाशित गरिसकेको अवस्थामा गैर–मधेशीलाई कुन आधारमा मधेशी सिफारिस गरी मधेशी कोटामा नियुक्ति दिइएको सम्बन्धमा आधार खुलाएर आयोगलाई जानकारी गराउन भनिएको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यो घटनाको बारेमा आफूलाई जानकारी हुनबित्तिकै आयोगले कारवाहीको लागि प्रक्रिया बढाएको बताएका छन् । आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै गैर–मधेशी समुदायका व्यक्तिलाई मधेशी समुदायको लागि छुट्टयाइएको कोटामा नियुक्ति सिफारिसले मधेशी समुदाय बात प्रतिष्पर्धा गर्ने प्रतिस्पर्धीहरु माथि गम्भीर अन्याय भएको बताएको छ । प्रेस विज्ञप्तिमा यस्ता घटनाहरुले मधेशी समुदायका व्यक्तिहरुको मनोबल कमजोर गर्ने आयोगको ठम्याई रहेको उल्लेख गरिएको छ । आयोगले गैर–मधेशी समुदायका व्यक्तिलाई मधेशी भनी प्रमाणित नगर्नरनगराउन तथा मधेशी कोटामा गैरमधेशीलाई सिफारिस नगर्न सम्बन्धित सरोकारवालाहरुलाई सो प्रेस विज्ञप्ति मार्फत सचेत गराएको छ ।