सरकारको कार्यशैलीप्रति सांसद खनालको व्याङग्य, विधि मान्नु नपर्ने, नागरिकको सुरक्षा गर्न नसक्ने–कस्तो कमजोर, दुई तिहाईको सरकार ? (भिडियो)

मंगलबार, साउन २२, २०८१

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शुन्य समयमा सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले भने,‘ विधि मान्नु नपर्ने, नागरिकको सुरक्षा गर्न नसक्ने–कस्तो कमजोर, दुई तिहाईको सरकार ?’ शुन्य समयमा उनले पवित्र पशुपति नाथ क्षेत्रमा भईराखेको होम तथा कथा–वाचन भित्र पत्रकार साथीकलाई ‘प्रश्न सोधेकै आधारमा  केही लठैतहरुले मरणासन्न हुने गरी कुटपिट गरे तर गृह प्रशासन मौन छ । वाक स्वतन्त्रता र नागरिक सुरक्षा को ग्यारेन्टी कसले लिइदिने ? भन्दै सरकारप्रति औंला उठाएका छन् ।   यस्तै उनले सरकारले हालै गरेको राजदूत नियुक्तिको सिफारिशप्रति पनि गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन, ‘दुई महिना अगाडि मन्त्रिपरिषदले केही राजदूतहरूलाई फिर्ता बोलायो । उक्त गठबन्धनको प्रमुख अंशियारसहित बनेको यो सरकारले फिर्ता बोलाईसकेका एक राजदूत लाई  राजदूत  नियुक्तसम्बन्धी निर्देशिका को दफा २१ को नियम विपरीत  फेरि नियुक्ति गरेको छ । विधि मान्नु नपर्ने, नागरीकको सुरक्षा गर्न नसक्ने ( कस्तो कमजोर, दुई तिहाईको सरकार !' 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार