बंगलादेशमा रहेका नेपालीको सुरक्षा ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण (भिडियो)

मंगलबार, साउन २२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले बंगलादेशमा भएका पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षा ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा सांसद खनालले बंगलादेशमा रहेका नेपालीको सुरक्षा ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण  गराएका हुन् ।  आकस्मिक समयमा बोल्दै सदनमा उनले भनेका छन, ‘अत्यन्त महत्वपूर्ण बिषयमा यस सदनको र सरकारको पनि ध्यानआकर्षण गर्न चाहन्छु । बंगलादेशमा लामो समय (गत महिना) देखि  चलिरहेको आन्दोलनका कारण हिजो मात्रै ९० जनाको ज्यान गएको समाचारहरू आइरहेको छ । पछिल्लो महिनामा ३०० भन्दा बढी बङ्गलादेशी युवाहरूको ज्यान गइसकेको भन्ने आयो । आन्दोलनकै कारणले बङ्गलादेशका प्रधानमन्त्रीले राजीनामा दिएर छिमेकी मुलुक प्रस्थान गर्नुभएको भन्ने जानकारीहरु आइरहेको छ ।’  
उनले भनेका छन, ‘बंगलादेशमा थुप्रै नेपाली विद्यार्थीहरु मूलत मेडिकल एजुकेसनका लागि जानुहुन्छ । त्यहाँ झन्डै ३ हजार नेपाली विद्यार्थी पढ्ने भन्ने एउटा आकडा छ । अन्य नेपालीहरु पनि व्यवसायका लागि पनि जानु हुन्छ । यस्तो विषम परिस्थितिमा बंगलादेशमा रहेका नेपालीको सुरक्षा ग्यारेन्टी गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहाछु ।’   बङ्गलादेशमा के भइरहेको छ ? नेपाली  राजदूताबासमार्फत् त्यहाँका नेपालीहरूको सुरक्षा होस् भन्ने कुराको लागि म नेपाल सरकारको ध्यानआकर्षण गराउन चाहान्छु उनले आकस्मिक समयमा बोल्दै भनेका छन् ।  

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार