पर्यटनमन्त्री पाण्डेले कार्यतालिका बनाएर काम गर्ने

मंगलबार, साउन २२, २०८१

काठमाडौं । संस्कृति पर्यटन तथा  नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् ।  सोमबार आर्थिक वर्ष २०८-०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन् ।  उनले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरीय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गरेका हुन् । उनले मन्त्रालयले बोकेका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताए ।  उनले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा, १२ गते पर्यटन महाशाखा, १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्नेगरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिएका छन् ।  त्यसैगरी उनले देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएको बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई प्रोत्साहन र उत्प्रेरणा दिनुपर्ने बताए ।  उनले आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम राख्नका लागि काम गर्ने अठोट समेत व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार