निरन्तर वर्षा जारी, कस्तो छ सडकको अवस्था ?

मंगलबार, साउन २२, २०८१

काठमाडौँ । देशभर बर्षा भइरहेको अवस्थामा नेपाल प्रहरीले देशका मुख्य सडकको अवस्था बारे जानकारी दिएको छ । प्रहरीका अनुसार देशका ९ सडक खण्ड अहिले पुर्णरुपममा अवरुद्ध रहेका छन् भने पाँच सडक खण्ड एकतर्फी रुपमा संचालनमा रहेका छन् । अवरुद्ध रहेका सडकमा चतरा बराह क्षेत्रको भित्री सडक, दोलखाको चरिकोट सडक खण्ड, म्याग्दीको बेनी-दरवाङ सडक, कालिगण्डकी कोरिडोर, घोराही-तुलसीपुर सडक खण्ड, भेरी कोरिडोर पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यस्तै महोत्तरीको पुर्वपश्चिम लोकमार्ग र कान्ति लोकपथ एकतर्फी रुपमा संचालित रहेको प्रहरीले जनाएको छ ।
   

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार