बंगलादेशमा संसद भंग, विपक्षी नेतृ खालेदा जिया जेलमुक्त

नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने माग
मंगलबार, साउन २२, २०८१
मयुर प्लाई
Global Ime Bank

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको २४ घण्टापछि देशको संसद्‍ भंग भएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार देशको संसद्‍ भंग गरेका हुन् । राष्ट्रपति कार्यालयको प्रेस विभागले एक सूचना जारी गर्दै संसद् भंग भएको जानकारी दिएको छ । आन्दोलनरत विद्यार्थी नेताहरूले मंगलबार दिउँसोसम्म संसद् भंग गर्न अल्टिमेटम दिएका थिए । विद्यार्थी नेताहरूले सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन् । उनीहरूले नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने माग गरेका छन् ।  त्यस्तै यता, जेलमा रहेकी पूर्वप्रधामन्त्री बेगम खालेदा जिया मुक्त भएकी छन् । राष्ट्रपतिले खालेदा जियालाई रिहा गर्ने आदेश दिएपछि उनी मङ्गलबार अपराह्न जेलमुक्त भएको बीबीसीले जनाएको छ । राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार