सांसद दिपकबहादुर सिंहले गरे आँखा अस्पताललाई १० लाख सहयोग (भिडियो)

मंगलबार, साउन २२, २०८१

मकवानपुर । पूर्वाधार विकास समिति सभापति तथा प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहले हेटौंडा सामुदायिक आँखा अस्पताललाई झण्डै १० लाख रुपैँया रकम हस्तान्तरण गरेका छन् । तिलगंगा आखा अस्पतालका सञ्चालक र योजनाकार नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुईत मार्फत विशेष कार्यक्रमका बीच मंगलबार उनले ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ हस्तान्तरण गरेका हुन् । आफुले नेपाल सरकारबाट प्राप्त गरेको एक वर्ष अवधिभरको ६ लाख १२ हजार तलबमा ३ लाख ८७ हजार रुपैयाँ थप गरी उनले सो रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणपछि पुर्वाधार विकास समिति सभापति तथा प्रतिनिधिसभा सदस्य सिंहले आफुलाई जनताले गरेको विश्वास र योगदानलाई सम्झिएर गरिब, दुःखी जनताको हितका लागि सहयोग गरेको बताए । उनले भने, ‘म जनताको कारणले माथि पुगेको हुँ । मैले जनतालाई साक्षी राखेर बोलेको कुरा पु¥याउन खोज्दैछु’ साथै आँखा अस्पतालको सहयोगमा आफू सधैं तत्पर रहने उनले बताएका छन् । मकवानपुरको हेटौंडामा अवस्थित हेटौंडा सामुदायिक आँखा अस्पतालमा मकवानपुरसहित बारा, पर्सा, रौतहट र भारतबाट समेत बिरामीहरू आँखाको जाँच गराउन आउने गरेका छन् । अस्पतालले निःशुल्क शिविर सञ्चालन गर्नुका साथै बिरामीहरूलाई सहि र सुलभ ढङ्गले आँखाको रोगसम्बन्धी उपचार दिँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार