सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ । नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । इरानलाई सोझो सेटमा हराउँदै मंगलबार नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको हाे । नेपालले भोलि उपाधिका लागि दक्षिण एसियन जाइन्ट भारतको सामना गर्नेछ । जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो । अब उपाधिका लागि नेपाल एक जित टाढा रहेको छ । इरानसँग लिग चरणमा भोगेको हारको बदला लिँदै फाइनलमा पुग्ने सोचमा रहेको नेपालले सुरूवात राम्रो ग¥यो । नेपाली टिमले आमविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानको युवा टोलीलाई २५–२१ ले हरायो । नेपालले खेलमा १–० को अग्रता बनायो । दोस्रो सेट नाटकीय बन्यो ।
नेपालले एक समय बनाएको ६ अंकको अग्रता गुमाउँदा इरानले २४–२१ को अग्रता बनायो । इरान सेट प्वाइन्टको लागि मात्र एक अंकको खोजीमा थियो । तर नेपालले लगातार ३ अंक जोडेर खेललाई २४–२४ मा पु¥यायो । संगठित प्रदर्शनमा नेपालले यो सेट २८–२६ ले जित्दै खेलमा २–० को स्पष्ट अग्रता बनायो । तेस्रो सेट सुरूवातमा प्रतिस्पर्धात्मक बन्यो । तर नेपालले इरानलाई मौका नै दिएन र २५–२० ले हराउँदै सोझो सेटको जित दर्ज ग¥यो । नेपाल लिग चरणमा दोस्रो हुँदै र इरान तेस्रो भएर सेमिफाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेल भोलि साँझ ५ बजे हुनेछ । इरान र श्रीलंकाबीच तेस्रो स्थानका लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।