अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुल्यो

बुधबार, साउन २३, २०८१

काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुलेको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पञ्छाएपछि केहि बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो  ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार