टर्किस एयरको विमान अवतरणका क्रममा‘ओभरसुट’

बिहीबार, साउन २४, २०८१

काठमाडौँ । टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६: १० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले न्युज कारखानालाई जानकारी दिएको छ । अवतरणका क्रममा ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार