ओलम्पिकमा फाइनल खेल्न नपाएकी विनेश फोगटले छोडिन कुस्ती

बिहीबार, साउन २४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समूहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् । पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छाडेको घोषणा गरेकी हुन् । विनेशले लेखेकी छन्, ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुश्ती २००१-२०२४ ।' उनले अगाडी लेखेकी छन्, ‘म तपाईहरु सबैको सधैं ऋणी रहनेछु । क्षमा ।' बुधबार ५० केजी समूहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै उनलाई फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार