सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर। ललितपुर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारसँग अनुमति मागेको छ । कोभिशिल्ड पहिलो डोज लगाएकालाई धेरै समय रनभुल्लमा राख्न नसक्ने भन्दै महानगरले स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सोमबार पत्राचार गरी कोभिशिल्ड खोप खरिदका लागि अनुमति मागेको हो । पत्रमा भनिएको छ, ‘अबिलम्ब त्यहाँबाट कोभिशिल्ड खोप उपलब्ध गराइदिन हुन अनुरोध छ, त्यहाँबाट उपलब्ध हुन नसक्ने भएमा ललितपुर महानगरपालिकाले आफ्नै खर्चमा खरिद गर्न अनुमति उपलब्ध गराई दिन हुन अनुरोध छ ।’ महानगरभित्र ११ हजार पाँच सय कोभिशिल्डको दोस्रो डोज लगाउनबाट विमुख छन् । महानगरप्रमुख चिरीबाबु महर्जनले नेपाल सरकारले खोप ल्याउने छाँटकाँट नदेखिएकाले महानगरले नै खोप खरिदका अनुमति मागेको बताए । कोभिशिल्डको दोस्रो डोज लडाउन नपाउँदा नागरिकहरु किंमकतव्र्यविमूढ भएको बताउँदै उनले भने, ‘हामी महानगरवासीलाई रनभुल्लमा राख्न चाहदैंनौ, आफ्नै पैसा गरेर उहाँहरुलाई सुरक्षित राख्न चाहन्छौं । ’ महानगरले जेठ १६ गते पनि खोप खरिदको लागि पत्राचार गरेको थियो ।