एक महिनाभित्र खेल क्षेत्रका सबै विवाद समाधान गर्ने मन्त्रीको प्रतिबद्धता 

बिहीबार, साउन २४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बिहीबार (सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा खेलकुदको मन्त्रीले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेसँगै सुरु भएको हो । तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले तेक्वान्दो सबैभन्दा अनुशासित खेल रहेको भन्दै नियम र कानुन तोडियो भनेर विवाद सृजना भएको सुन्नमा नआएको बताए । उनले सरकारले एक महिना भित्रमा सबै खेल क्षेत्रमा रहेका विवादको समाधान गर्ने प्रतिवद्धता पनि जनाए । उनले भने,‘तेक्वान्दो खेलकुद क्षेत्रको सबैभन्दा अनुसाशित खेल हो । यसमा नियम र कानुन तोडियो भने विवाद सृजना हुन्छ ।  त्यसैले कानुन तोडिएको छ भने तपाइँहरु ढुक्क हुनुहोस्, केही महिना कुर्नु पर्दैन् । कम्तीमा एक महिनाभित्रमा यी कुराहरु समाधान हुनसक्छ । विवादहरु अब सरकारले चाँडै अन्त्य गर्छ ।’ प्रतियोगितामा तीनवटै विभागीय टिमलगायत सातवटा प्रदेशका महिला तेक्वान्दो खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा ग्यरोगी (फाइट) र पुम्से (फर्म) विधा समावेश गरिएको छ,जसमा ४४५ जना खेलाडीहरूले सहभागिताका लागि नाम दर्ता गरेको संघले जनाएको छ । खेलाडीहरूले ५२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार