सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर) । सुनाकोठी स्वास्थ्य चौकीमा स्वास्थ्य संस्थाको न्यूनतम मापदण्डबारे मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगर २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जन, वडासदस्यहरू रामदेवी महर्जन, निरोज महर्जन, श्यामकृष्ण महर्जन, वडासचिव सनतकुमार थापा, सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम श्रेष्ठसहित स्वास्थ्य चौकीमा कार्यरत स्वाथ्यकर्मीहरू लेखा कटुवाल, रमेश किशोर महतो, तुलसा अधिकारी, महिला स्वास्थ्य स्वयम् सेविकाहरू बालकुमारी माविकका शिक्षक रत्नबहादुर महर्जनसहित स्वास्थ्य क्षेत्रमा क्रियाशील महानुभावहरूको सहभागितामा स्वास्थ्य संस्थाको न्यूनतम मापदण्डबारे मूल्यांकन कार्यक्रम सम्पन्न भएको हो । ललितपुर महानगरपालिका जनस्वास्थ्य शाखाका दाताराम अधिकारीले सम्पूर्ण स्वास्थ्य मापदण्डका साथै स्वास्थ्य संस्थाको मापदण्ड अनुसार सुनाकोठी स्वास्थ्य चौकिको ७३ प्रतिशत मापदण्ड पूरा भएको जानकारी दिए । मूल्याङकन कार्यक्रममा वडाअध्यक्ष कृष्णहरि महर्जनले ‘स्वास्थ्य चौकीलाई मापदण्डमा ७३ प्रतिशतबाट १०० प्रतिशत पु¥याउन वडाले गर्नसक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख दिल्ली राम श्रेष्ठले स्वास्थ्य मापदण्ड परिपूर्तिका लागि महत्वपूर्ण इन्डिकेटरहरुलाई टार्गेट बनाएर कार्यान्वयन गरिरहेको बताए । मूल्यांकन कार्यक्रममा स्वास्थ्यकर्मी तुलसा अधिकारीले आगामी दिनहरुमा स्वास्थ्य चौकीले दिने सम्पूर्ण सेवाहरुमा सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गरिन् । स्वास्थ्य स्वयम् सेविका शशीशाह ठकुरीले वडा कार्यालयको समन्वयमा विभिन्न कार्यक्रम गर्दै आएको र अझै गर्दै जाने बताइन् ।आम नागरिकलाई गणुस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा मापदण्डको कार्यान्वयन सुनिश्चित गराउनु यो मापदण्डको मुख्य उद्देश्य हो । स्वास्थ्य संस्थाको न्यूनतम मापदण्डबारे मूल्यांकनका लागि उपचारमा प्रयोग हुने उपकरण प्रशोधन र निर्मलीकरणको लागि औजार प्रशोधन र निर्मलीकरण, लुगा धुनेठाऊँ, सरसफाई, उmर्जा व्यवस्थापन, पानी व्यस्थापन, स्वास्थ्यसम्बन्धी फोहोर व्यस्थापन, सुरक्षा र संरक्षण, यातायात र संचार, भण्डारण, कर्मचारी परिचालन जस्ता क्षेत्रहरूको व्यवस्थाबारे हेर्ने गरिएको छ । स्वास्थ्य संस्थाको न्यूनतम मापदण्डबारे मूल्यांकनमा बंगमतिस्थित स्वास्थ्य चौकी पहिलो भएको जानकारी दिइएको छ ।