सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले नपुग्ने बताएका हुन् । उनले भने, ‘दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने छ । जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले पुग्दैन, यसलाई पनि बढाउनु आवश्यक छ ।’ साथै उनले सञ्चालनमा नआएका स्वास्थ्य संस्था छिटो भन्दा छिटो संचालनमा ल्याउन लागेको बताए । उनले सेवा सुविधा प्रदान गरिरहेका र प्रभावकारी हुन नसकेका अस्पतालहरुमा सेवा सुविधा प्रभावकारी बनाउनको लागि जनशक्ति थप गरिने बताए ।